+
+

रंग लगाएर ब्रोइलर कुखुराको चल्लालाई लोकल बनाएर बिक्री, चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १३ गते १३:३०

१३ असोज, काठमाडौं । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले प्रेमशिला देवी, वकिल खान, सुमित्रा जैसवाल र चन्दादेवी शाहलाई पक्राउ गरेको हो ।

कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार उनीहरुले १० रुपैयाँ प्रतिगोटामा चल्ला किनेर ल्याएर डेढ सय रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ ।

प्रहरीलाई प्राप्त सूचनाको आधारमा गएर छापा मार्दा ३ हजार ६ सय ५० वटा चल्ला रंग लगाइएको अवस्थामा बरामद भएको उनले बताए । थप २४ हजार ९ सय ५० वटा चल्लालाई रंग लगाउन तयारी अवस्थामा राखिएको पाइएको उनले बताए ।

उनीहरूले चितवनस्थित अविनाश ह्याचरीबाट खरिद गरेर चल्ला ल्याइ अवैध रूपमा रङ्ग परिवर्तन गरी बढी मूल्यमा बेचिरहेको सूचना प्रहरीले पाएको थियो ।

पक्राउ परेका चार जनालाई कुन मुद्दा चलाउने भन्ने टुंगो लागि नसकेको बोहोराले अनलाइनखबरलाई बताए । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?