Comments Add Comment

भारतमा घट्दो क्रममा कोरोना संक्रमण

२० असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बिस्तारै घट्दो क्रममा देखिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६१ हजार नयाँ संक्रमित फेला परेका छन् । यससँथै भारतमा समग्र कोरोना संक्रमितको संख्या ६६ लाख ८५ हजार ८३ पुगेको छ ।

यद्यपि पछिल्लो ६ दिनमा भारतमा निरन्तर कोरोना नयाँ संक्रमित घट्न थालेका छन् । यसअघि सोमबार सार्वजनिक गरिएको तथ्यांकअनुसार त्यसअघिको २४ घण्टामा ७४ हजार ४४२ नयाँ संक्रमित फेला परेका थिए । त्यस्तै आइतबार यो संख्या ७९ हजारभन्दा बढी थियो ।

शुक्रबार ८६ हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका थिए । यसले भारतमा कोरोना संक्रमण निरन्तर घट्दो क्रममा रहेको देखिएको छ । अमेरिकापछि विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको भारतको लागि यो सुखद् संकेत हो । कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकामा ७४ लाख भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।

त्यस्तै मृत्यु हुनेको संख्यामा पनि पछिल्लो केही दिनमा कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ८८४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्यमा एक लाख तीन हजार ५६९ पुगेको छ । यसअघि अघिल्लो २४ घण्टामा ९०३ जनाको मृत्यु भएको थियो ।

गत अक्टोबर १ मा भारतमा एकदिनमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार १८१ थियो । त्यसयता निरन्तर यो संख्या घट्दो क्रममा देखिएको छ । भारतमा निको हुन बाँकी रहेको संक्रमितको संख्या पनि अहिले नौ लाख १९ हजार २३ मा झरेको छ ।

अमेरिकामा अहिलेसम्म कोरोनाबाट दुई लाख १० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment