+
+

कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण क्याम्प

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते १७:५७

कुमारी बैंक लिमिटेडले हाल द्रुतगतिमा बढ्दै गएको कोभिड-१९को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी “निःशुल्क पीसीआर परीक्षण क्याम्प” आयोजना गरेको थियो ।

सो क्याम्प यही असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको जानकारी बैंकले दिएको छ ।

क्याम्पमा आˆनो नाम तथा नम्बर दर्ता गराई पीसीआर परीक्षण गराउने व्यक्तिको कोरोना संक्रमण भए-नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएको छ ।

भाइरसको सङ्क्रमणले नेपालको स्वास्थ्य संरचनालाई अत्यन्तै मर्माहित तुल्याएका कारण यस्तो अवस्थासँग डटेर लड्ने कदम कुमारी बैंक लिमिटेडले काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी चाल्ने प्रयास गरेको हो ।

कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी सुरेन्द्र भण्डारी भन्छन्, ‘आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना भई हामीले पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा हामी दत्तचित्त भई लागी पर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?