
२७ असोज, बुटवल । रुपन्देहीमा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु् भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका-१ स्थित नागथानका ४० वर्षीय कृष्णबहादुर केसी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीका अनुसार नहरको पानी तानेर खेतमा सिँचाइ गर्न विद्युतीय मोटर चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डीउसपी खत्रीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4