
निर्माता अनुराग कश्यपलाई बलात्कारको आरोप लगाएकी नायिका पायल घोषले अर्की नायिका रिया चड्ढासँग विनाशर्त माफी मागेकी छिन् । मुम्बइको उच्च न्यायलयमा ऋचासँग पायलले विना शर्त माफी मागिन् र अदालतले उनको यो कुरा स्विकार गरेको छ ।
पायलले माफी मागेपछि रिचासँगको उनको विवाद सकिएको छ । पायलले आफूले रिचाको बिषयमा गरेका सबै ट्विट र भिडियो हटाउने वाचा पनि अदालतसँग गरेकी छिन् ।
पायलले अनुरागको मुद्दा अगाडि बढाउँदै गर्दा रिचाको बिषयमा आपत्तीजनक टिप्पणी गरेकी थिइन् । यसपछि, रिचाले १ करोड १० लाख क्षतीपुर्तीको माग गर्दै मुद्दा दायर गरेकी थिइन् ।
पायलले अनुराग कश्यपले आफूसँगको कुराकानीमा रिचा लगायतका नायिकाले आफूलाई साथ दिने गरेको बताएको बयान दिएकी थिइन् । यसपछि, रिचाले पायलले विरुद्धमा मुद्दा दायर गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4