काठमाडौं । गीतकार तथा सञ्चारकर्मी हरिराम पौडेलको म्युजिक भिडियो ‘सँगसँगै’ शुक्रबार किरण क्रिएसन युटुब च्यानलमार्फत सार्वजनिक भएको छ । म्युजिक भिडियो लिस्नर्स क्लब नेपालद्वारा ‘प्रतिभासँग हातेमालो’ परियोजनाअन्तर्गत निर्माण गरिएको हो ।
जुम–प्रविधिमा गरिएको भर्चुअल कार्यक्रममा अग्रज कवि तथा गीतकार दिनेश अधिकारी र कृष्णहरि बराल, गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा तथा नवनारी मासिककी सम्पादक तथा गीतकार जानुका ढकालले म्युजिक भिडियोको पोस्टर एकसाथ सार्वजनिक गरेर म्युजिक भिडियो लोकार्पण गरेका थिए ।
अहिलेका चर्चित गायक–गायिका एलिना चौहान र किरण भुजेलको स्वर रहेको सो गीतको लय तथा संगीत सिर्जना संकेत अगस्तीले गरेका हुन् । गीतको म्युजिक भिडियोमा विनोद बमको निर्देशन तथा गायक किरण भुजेल र मोडल निभा अधिकारीको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4