
३ कात्तिक, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री नेम्बाङले सोमबार आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहेका सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल राख्न समेत अपिल गरेका छन् ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना संक्रमण भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4