Comments Add Comment

आँचल र जीपीको ‘जाउँ माया जाउँ

गायक राजनराज सिवाकोटी र गायिका एलिना चौहानको स्वरमा ‘जाउँ माया जाउँ’ सार्वजनिक भएको छ । गीतमा राजनराजकै शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा नायिका आँचल शर्माको साथमा मोडल जीपी शाह र हर्ष तण्डुकारलाई देख्न सकिन्छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा विशाल महराको कोरियोग्राफी छ ।

सम्पूर्ण सुख सुविधा छाडेर गाउँ घरमै बसोबास गर्ने र रमाउने भावलाई गीतमा प्रस्तुत गरिएको छ । शहरबाट गाउँ फर्केको देखाइएको यो भिडियोमा आँचल र जेपीले एकअर्काप्रति समर्पण भाव दर्शाउँदै प्रेम प्रकट गरेको देख्न सकिन्छ ।

मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा रुपेश थापाको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment