
हिन्दुहरुको महान् पर्व विजयादशमीको दशौं दिन आज नेपालीहरुले मान्यजनको हातबाट टिका ग्रहण गरेका छन् । नेपाली चलचित्रका कलाकारहरुले पनि दशैं पर्वलाई विशेष रुपमा मनाएका छन् ।
कोभिड १९ का कारण यसपटक कलाकारहरुको चहलपहल गतबर्षको जस्तो भने भएन । आफ्नो परिवारसँग मात्र धेरै कलाकारहरुले दशैं मनाए ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा, वर्षा सिवाकोटी, नम्रता सापकोटा, श्रृष्टी श्रेष्ठ, बेनिशा हमाल लगायतका कलाकारहरुले आफ्नो आमाको हातबाट टिका लगाए । यस्तै, उनीहरुले परिवारका अन्य सदस्यहरुसँग पनि टिका लगाएको तस्वीर शेयर गरेका छन् ।
बिहेपछि पहिलो पटक दशैं मनाउन आफ्ना श्रीमान् उदिप श्रेष्ठसँग चितवन पुगेकी नायिका आँचल शर्मा निकै खुशी देखिएकी थिइन् ।
नायिका प्रियंका कार्कीको बिहेपछिको पहिलो दशैं विशेष रहन पुग्यो । नायक पल शाह, अनमोल केसी, कलाकार दीपकराज गिरी लगायतले पनि दशैंलाई विशेष रुपमा मनाएको भन्दै तस्वीर शेयर गरेका छन् ।
तस्वीरः कलाकारहरुको फेसबुकबाट
प्रतिक्रिया 4