
Photo Credit : प्रतिकात्मक तस्वीर
१९ कात्तिक, काठमाडौं । काठको पिर्का प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले सल्यानबाट एकजना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपुरकोट गाउँपालिका–५ पाङराङ बस्ने ३६ वर्षीया ईश्वरी कामी रहेकी छन् । ईश्वरीले आफ्नै श्रीमान ५३ वर्षीय रामबहादुर कामीलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरायसी विवादको क्रममा ईश्वरीले श्रीमानलाई पिर्काले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ईश्वरीलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4