Comments Add Comment

ब्रुनोको दुई गोलमा म्यानचेष्टर युनाइटेडको पुनरागमन जित

२२ कात्तिक काठमाडौं । ब्रुनो फर्नान्डेजले दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा एभरटनविरुद्ध पुनरागमन जित हात पारेको छ । शनिवार भएको खेलमा युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एभरटनलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो ।

घरेलु मैदान गुडिसन पार्मामा भएको खेलमा बर्नार्डले १९औं मिनेटमा गोल गर्दै एभरटनलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । २५औं मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि नै ब्रुनोले व्यक्तिगत दवस्रो गोल गर्दा युनाइटेडले पहिलो पटक खेलमा अग्रता बनायो ।

इन्जुरी टाइमा एडिनसन कभानीले गोल गरेपछि युनाइटेडले ३-१ को जित हात पारेको हो । यस सिजन तेस्रो जित हात पारेको युनाइटेड ७ खेलबाट १० अंक जोड्दै १४ स्थानमा उक्लेको छ । ८ खेलबाट १६ अंक जोडेको साउथह्याम्पटन लिगको शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment