+

विश्व विजेता फ्रान्स फिनल्याण्डसँग स्तब्ध

२०७७ कात्तिक  २७ गते ७:५२ २०७७ कात्तिक २७ गते ७:५२
विश्व विजेता फ्रान्स फिनल्याण्डसँग स्तब्ध

२७ कात्तिक, काठमाडौं । विश्व विजेता फ्रान्स मैत्रीपूर्ण फुटबल खेलमा फिनल्याण्डसँग पराजित भएको छ । गएराति भएको खेलमा फ्रान्स फिनल्याण्डसँग २-० ले पराजित भएको हो ।

सन् २०१८ को विश्वकप विजेता फ्रान्समाथि फिफा बरियतामा ५५औं स्थानमा रहेको फिनल्याण्डले ऐतिहासिक जित हात पारेको हो ।

फ्रान्सलाई हराउन उसैको मैदानमा मार्कुस फोसले २८औं र ओन्नी भालाकारीले ३१औं मिनेटमा गोल गरे ।

फ्रान्सले पउल पोग्वा लुकास डिग्ने ओलिभर जिरुड जस्ता खेलाडी खेलाएको थियो । दोस्रो हाफमा एन्टोनी ग्रीजमन एन्टोनी मार्सियल र एनगोलो कोन्टेलाई मैदान पठाए पनि फ्रान्सले हार टार्न सकेन ।

मैत्रीपूर्ण खेलमै पूर्व विश्व विजेता स्पेनले नेदरल्याण्ड्सँग १-१ को बराबरी खेलेको छ । नेदरल्याण्ड्सको योहान क्रफ एरेनामा भएको खेलको १९औं मिनेटमा सर्जियो कानालेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर ४७औं मिनेटमा डोनी भान डे बिकले डच टोलीका लागि बराबरी गोल फर्काए ।

यस्तै जर्मने चेक रिप्लिकलाई १-० ले पराजित गरेको छ । जर्मनीको जितमा खेलको १८औ मिनेटमा जियन लुका वाल्डसिमिटले एक मात्र गोल गरे ।

फिनल्याण्ड फ्रान्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय