Comments Add Comment

बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

२७ कात्तिक, बुटवल । कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका– २ का ७१ वर्षका पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा बिहीबार साँझ मृत्यु भएको हो ।

कात्तिक २५ गते अस्पताल भर्ना भएका उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार आईसीयूमा सारिएको अस्पतालले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment