Comments Add Comment

एनएनआईपीए अवार्डलाई स्काई ब्राण्डको साथ, पाँच वर्षको सम्झौता

३० कात्तिक, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले हरेक वर्ष प्रदान गर्ने ‘एनएनआईपीए स्पोर्टस अवार्ड’ का लागि स्काई ब्रान्ड नेपालसँग सहकार्य गरेको छ । स्काई ब्राण्डले एनएनआईपीए स्पोर्टस् अवार्डको एक विधाको प्रायोजन गर्नेछ ।

एनएनआईपीएल र स्काई ब्रान्ड नेपालबीच शनिबार ५ वर्षको लागि सम्झौता भएको छ । एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ र स्काई फिटका मनोज श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै यस पटकबाट प्रदान गरिने राइजिङ प्लेयर अफ दि इयर विधालाई स्काईले प्रायोजन गर्नेछ । यस वर्ष एक महिला र एक पुरुष खेलाडीलाई राइजिङ प्लेयर अवार्डबाट सम्मान गरिनेछ । त्यसको पुरस्कार राशी समान ५० हजार रुपैयाँ रहनेछ ।

अवार्डका लागि स्काई ब्रान्ड नेपालले एनएनआईपीएलाई वार्षिक १ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

एनएनआईपीएले हरेक वर्ष आयोजना गर्ने अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिलासहित विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिँदै आएको छ ।

एनएनआईपीए सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै प्रतिभावान महिला र पुरुष खेलाडीले ५० हजार पाउनेछन् । त्यसबाहेक विभिन्न खेलका एक-एक खेलाडीलाई एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मान गरिन्छ ।

उत्कृष्ट हरेक खेलाडीले १० हजार पाउने गरेका छन् । अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मान गरिँदै आएको छ । ती उत्कृष्ट खेलाडीले सम्बन्धित संघ र एनएनआईपीएको सहकार्यमा समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै १ खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक खेलकुद पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिताबाट पनि पुरस्कृत गर्दै आइरहेको छ । यसपटकको अवार्ड आयोजनाका बारेमा बारेमा केही साता पछि जानकारी गराउने एनएनआईपीएले जनाएको छ ।

एनएनआईपीएल र स्काई ब्राण्डबीचको सम्झौता कार्यक्रम अवसरमा स्काइ फिटको समेत औपचारिक उद्घाटन समेत गरिएको थियो ।

नेपाली खेलकुदमा पाँच चर्चित महिला खेलाडीहरु करातेकी अनु अधिकारी, फुटबलकी अनिता बस्नेत, भलिबलकी रेश्मा भण्डारी, उसुकी निमा घर्ती मगर र ब्याडमिन्टनकी रशिला महर्जनले स्काई फिटको संयुक्त उद्घाटन गरे ।

थापाथलीस्थित ब्लुबर्ड परिसरमा रहेको स्काइ फिटमा खेलकुद विभिन्न सामाग्री, पोशाकलगायत उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment