
२ मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिका–२, बसुण्डोलकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनका छिमेकी युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय सुरेश लोहार छन् ।
महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सोमबार साँझ बालिकाको परिवारले उजुरी दिएपछि युवक पक्राउ परेका हुन् । पीडितको सोमबारै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण गराइएको उनले बताए ।
बालिकालाई भेट्न बोलाएर कोठामा लगी करणी गरेको पीडित परिवारको जाहेरीमा उल्लेख छ । लोहारलाई मुलुकी अपराध संहितामा भएको करणी सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4