+

चेल्सी शीर्ष स्थानमा उक्लियो

२०७७ मंसिर  ७ गते ९:१२ २०७७ मंसिर ७ गते ९:१२
चेल्सी शीर्ष स्थानमा उक्लियो

७ मंसिर, काठमाडौं । लण्डन क्लब चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । लिग अन्तर्गत शनिबार भएको खेलमा न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा पुगेको हो । लेस्टर सिटीसँग अंक बराबर भए पनि गोलअन्तरमा चेल्सी अगाडि रहेको हो ।

न्यूकासलको मैदानमा भएको खेलमा चेल्सीका लागि टमी अब्राहमले एक गोल गरे भने अर्को गोल उपहार पाएको थियो । खेलको १०औं मिनेटमा न्यूकासलका फेडेरिको फर्नान्डेजले आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता बनाएको थियो । दोस्रो हाफमा चेल्सीले अर्को गोल थप्यो । ६५औं मिनेटमा टमी अब्राहमले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए ।

जितपछि चेल्सीले ९ खेलबाट १८ अंक जोड्दै लेस्टरलाई गोल अन्तरमा पछि पारेको छ । एक खेल कम खेलेको लेस्टर समान अंक रहेपनि दोस्रोमा झरेको छ । ९ खेलबाट ११ अंक रहेको न्यूकासल १३औं स्थानमा छ ।

चेल्सी प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय