+
+

पाल्पामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ८ गते १५:२५

८ मंसिर, बुटवल । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–७ डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नम्बरको स्कुटर सोमबार अचानक अनियन्त्रित भई दुर्घटना हुंँदा स्कुटर चालक अन्दाजी २२ वर्षीय जीवन रानाको घटनास्थलमा नै मृत्यु भएको हो ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार स्कटर चालक राना रामपुर –७ डुम्रीगाउँका बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?