+

ला लिगामा विल्वाओको फराकिलो जित

२०७७ मंसिर  ९ गते १०:०२ २०७७ मंसिर ९ गते १०:०२
ला लिगामा विल्वाओको फराकिलो जित

९ मंसिर, काठमाडौं । स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओले रियल बेटिसमाथि फराकिलो जित हात पारेको छ । गएराति भएको खेलमा विल्वाओले घरेलु मैदानमा बेटिसलाई ४-० ले पराजित गरेको हो ।

विल्वाओले खेलको दुवै हाफमा दुई-दुई गोल गरेको थियो । नवौं मिनेटमा बेटिसका भिक्टो रुइझले आत्मघाती गोल गरेपछि विल्वाओले अग्रता लिएको थियो । ३३औं मिनेटमा एन्डर कापाले विल्वाओको अग्रता दोब्बर पारे । ५९औं मिनेटमा यकर मुनिएन र ६८औं मिनेटमा एलेक्स बेरेनगरले गोल थपेपछि विल्वाओले शानदार जित हात पारेको हो ।

जिपपछि ९ खेलबाट १२ अंक जोडेको विलवाओ आठौं स्थानमा उक्लेको छ । १० खेलबाट समान १२ अंक नै रहेको बेटिस भने १२औं स्थानमा छ । १० खेलबाट २३ अंकसहित रियल सोसिडाड ला लिगाको शीर्ष स्थानमा छ ।

स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय