
११ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ ।
काठमाडौंका ४, ललितपुरका ३, मोरङ र कास्कीका २/२, काभ्रेपलाञ्चोक, मकवानपुर, लमजुङ, रुपन्देही र दाङका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जानकारी दिएका छन् ।
- लेटाङ नगरपालिका–२, मोरङका ७० वर्षका पुरुषको बिहीबार विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी मंसिर ९ गते अस्पताल भर्ना भएका थिए । उनमा स्वासप्रश्वासमा समस्या, खोकी र ज्वरो देखिएको थियो र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
- रतुवामाई नगरपालिका–८, मोरङका ८० वर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । मंसिर १ गते संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै थिए । उनी मिर्गौलाका बिरामी थिए ।
- काभ्रेपलाञ्चोकका ६८ वर्षका पुरुषको मंसिर १० गते मृत्यु भएको छ । कात्तिक २२ गते अस्पताल भर्ना भएका उनमा २५ गते संक्रमण पुष्टि भएको थियो ।
- काठमाडौंका ६३ वर्षका पुरुषको मंसिर १० गते मृत्यु भएको छ । कात्तिक ५ गते संक्रमण पुष्टि भएका उनी कात्तिक १८ गते अस्पताल भर्ना भएका थिए ।
- काठमाडौंका ६३ वर्षका पुरुषको मंसिर ९ गते मृत्यु भएको छ । कात्तिक २५ गते अस्पताल भर्ना भएका उनमा मंसिर ४ गते संक्रमण पुष्टि भएको थियो ।
- काठमाडौंका ६२ वर्षीष पुरुषको बिहीबार मृत्यु भएको छ । निमोनिया र श्वासप्रश्वासमा समस्या भएर २३ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो ।
- काठमाडौंकी ८० वर्षीय महिलाको बुधबार मृत्यु भएको छ । उनी १० कात्तिकै अस्पताल भर्ना भएकी थिइन् भने सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
- ललितपुरका ७६ वर्षका पुरुषको बिहीबार मृत्यु भएको छ । कात्तिक २० गते संक्रमण पुष्टि भएका उनी मंसिर ९ गते अस्पताल भर्ना भएका थिए ।
- ललितपुरका ७७ वर्षका पुरुषको बिहीबार मृत्यु भएको छ । कात्तिक ३० गते अस्पताल भर्ना भएका उनमा मंसिर ७ गते संक्रमण पुष्टि भएको थियो । उनमा दमको समस्या थियो ।
- ललितपुरका ८३ वर्षका पुरुषको मंसिर १० गते मृत्यु भएको छ । मंसिर ४ गते संक्रमण पुष्टि भएका उनी ७ गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
- मकवानपुरकी ५७ वर्षीया महिलाको बुधबार मृत्युभएको छ । निमोनिया भएर ५ मंसिरमा अस्पताल भर्ना भएकी उनलाई ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका–१३, कास्कीका ६६ वर्षकी महिलाको बुधबार राति साढे ९ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर ७ गते संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका–१०, कास्कीका ७६ वर्षका पुरुषको मंसिर १० गते विहान ४ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई मंसिर ८ गते संक्रमण पुष्टि भएको थियो ।
- मध्यनेपाल नगरपालिका–७, लमजुङका ८७ वर्षकी महिलाको बुधबार राति कास्की सेवा अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर ९ गते संक्रमण पुष्टि भएको थियो ।
- बुटवल उपमहानगरपालिका–९, रुपन्देहीकी ८५ वर्षकी महिलाको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार विहान मृत्यु भएको छ । कात्तिक १४ गते संक्रमण पुष्टि भएकी उनी स्वास्थ्यमा समस्या देखिएपछि २८ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा मधुमेह र निमोनियाको समस्या थियो ।
- राप्ती गाउँपालिका– ६, दाङका ४२ वर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा बिहीबार विहान पौने ८ बजे मृत्यु भएको छ । उनमा मंसिर ३ गते संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4