
१६ मंसिर, जनकपुरधाम । प्रदेश २ स्थित प्रादेशिक अस्पताल जनकपुरमा थप तीन वटा वार्ड निर्माण गरिएको छ । आँखाको उपचार गर्ने, कम समय र तौलका बच्चाको स्याहार गर्ने केएमसी र लैंगिक हिंसा पीडितको उपचार गर्ने ओसीएमसी वार्डको निर्माण गरिएको हो ।
तीन वटै वार्डको प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले मंगलबार उद्घाटन गरे । वार्डहरुको उद्घाटन गर्दै मन्त्री साहले यहाँबाट जनताले समुचित सेवा पाउनुपर्नेमा जोड् दिए ।
प्रादेशिक अस्पताल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आइसकेकोले अस्पतालको सेवा प्रभावकारी हुने बताउँदै उनले थप सेवाहरु पनि चाँडै सञ्चालन हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4