
२४ मंसिर, काठमाडौं । विराटनगरमा भन्सार छलेर ल्याएको करिब २ लाख मूल्यको थर्मकोट प्रहरीले बरामद गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं.-१७ मटेरूवा बस्ने जसिम कुजराको घरमा राखिएको अन्दाजी २ लाख रुपैयाँ बराबरको जाडोमा लगाउने थर्मकोट १४७ सेट बरामद गरेको मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
भन्सार छलेर ल्याइएको हुनाले उक्त सामान कारवाहीका लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4