
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले देशैभर सिट्ठी जुलुस निकालेको छ । सोमबार कांग्रेसले सरकारविरुद्ध गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यानमा आइतबार साँझ विद्यार्थीले सिट्ठी सिट्ठी जुलुस निकालेका हुन् ।
काठमाडौंमा केन्द्रीय समितको आयोजनामा त्रिचन्द्र क्याम्पस नजिकबाट नेविसंघले जुलुस निकालेको थियो ।
संकटको बेलामा सरकार केवल सत्तामा मात्र केन्द्रित भएकोले सरकारलाई सुनाउन सिट्ठी फुकेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।
साथै सोमबारको कार्यक्रमको प्रचारका लागि पनि देशैभर सिट्ठी जुलुस निकालिएको नेविसंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4