+
+

पेट्रोल पम्पमा तेल खन्याउने क्रममा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १९:०६

२८ मंसिर, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित उज्वल पेट्रोल पम्पमा तेल बोक्ने ट्याङ्करमा आइतबार साँझ आगलागी भएको छ ।

पेट्रोल पम्पमा तेल खन्याउने क्रममा ना ४ ख ९७४ नम्बरको ट्याङ्करको अगाडिको भागमा आगो लागेको थियो । आगलागीबाट पार्किङ गरेको ४ वटा मोटरसाइकल जल्नुका साथै ट्यांकरमा पनि क्षति पुगेको छ । मानवीय क्षति भएन हुन पाएन ।

ललितपुर महानगरपालिकाको दमकल, पानी ट्याङ्कर लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको ललितपुरका एसएसपी किरण बज्रचार्यले बताइन् ।

पम्पका सञचालक रिकेश अवाले हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?