Comments Add Comment

सन् १९५० को सन्धिले नेपालीलाई धेरै फाइदा : भारतीय जनरल रावत

२ पुस, काठमाडौं । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले चीनतर्फ संकेत गदै श्रीलंका र अन्य केही मुलुकले यस क्षेत्रका मुलुकसँग गरेको सम्झौताका केही घट्नाबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

सेन्टर फर ल्याण्ड वारफेयर स्टडिज र नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल कोपरेसन एण्ड इन्गेजमेन्टले संयुक्तरुपमा आयोजना गरेको एक वेविनारलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । उनको धारणा श्रीलंकाले चिनको बीआरआईमा हस्ताक्षर गरेर श्रणको चंगुलमा परेको घट्नाप्रति लक्षित थियो । तर उनले चीन र बीआरआईको नाम भने लिएनन् ।

नेपालले सन् १९५० को सन्धी संशोधनको विषय उठाइरहेको समयमा रावतले भने सो सन्धि दुई देशको सम्बन्धको विशेष आधार भएको समेत बताए ।

उनले नेपाल अन्य देशहरुसँग सम्बन्ध विस्तार गर्न स्वतन्त्र भएको समेत बताए । तर सम्बन्ध विस्तार गर्दा र कुनै पनि सहयोग लिँदा भने सतर्क हुनुपर्ने उनको सुझाब थियो ।

उनले नेपालको भारतसँगको सिमाना र चीनसँगको सिमानाको बारेमा तुलना भने गर्न नसकिने बताए । उनले अगाडि भने,’ चीनको नेपालसँगको सम्बन्धमा हिमालयन ब्यारियर छ भने दक्षिणीको सीमा खुला र सहज रहेको छ ।’

उनले सन् १९५० को सन्धीले नेपालीलाई धेरै फाइदा भएको समेत बताए । ‘यो सन्धिको प्राबधान अनुसार भारतमा नेपाली नागरिकले भारतीय नागरिक सरह सुविधा लिइरहेका छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment