+
+
Shares

सुकुमवासीलाई बसोबास व्यवस्था आफैं गर्न प्रोत्साहन रकम उपलब्ध गराउने सरकारी निर्णय

५ सदस्यीय परिवारका लागि तीन महिनासम्म प्रत्येक महिना १५ हजार, अरूलाई कति ?

५ भन्दा बढी सदस्य भएको परिवारका लागि प्रतिसदस्य २ हजारका दरले तीन महिनाका लागि सो रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबास आफैं गर्न प्रोत्साहनका लागि प्रति परिवार तीन महिनासम्म रु १५ हजार राहत दिने निर्णय गरेको छ।
  • ५ भन्दा बढी सदस्य भएको परिवारलाई प्रतिसदस्य २ हजार रुपैयाँ तीन महिनाका लागि राहत उपलब्ध गराइने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
  • वृद्ध, अशक्त, असाहयलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने र बालबालिका तथा विद्यार्थीको पठनपाठन र स्वास्थ्य सेवा स्थानीय तहले सुनिश्चित गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

५ जेठ, काठमाडौं । सरकारले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबास व्यवस्था आफैं गर्न प्रोत्साहनका लागि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले वैकल्पिक बसोबासको व्यवस्था आफैं गर्ने प्रोत्साहित गर्न ५ सदस्यीय भएको प्रति परिवार राहत रकम रु १५ हजार (प्रतिमहिना) तीन महिनासम्मका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै, ५ भन्दा बढी सदस्य भएको परिवारका लागि प्रतिसदस्य २ हजारका दरले तीन महिनाका लागि सो रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

‘जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैं गर्ने प्रोत्साहित गर्न ५ सदस्यीय भएको प्रति परिवार राहत रकम रु १५ हजार (प्रतिमहिना) र सो भन्दा बढी सदस्यका लागि प्रतिसदस्य थप २ हजार प्रतिमहिनाको दरले हाललाई तीन महिनाका लागि बसोबास खर्च उपलब्ध गराउने,’ निर्णयमा भनिएको छ ।

त्यस्तै, वृद्ध, अशक्त, असाहय तथा आफ्नो व्यवस्था गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने निर्णय भएको पनि उनले बताए ।

बालबालिका तथा विद्यार्थीको पठनपाठन, तथा विद्यालय र स्वास्थय सेवाको सुनिश्चितता स्थानीय तहको समन्वयमा गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?