+
+

योग थुलुङले ल्याए ‘काङ्सोरेको पुनर्जन्म’

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ८ गते १३:०५

काठमाडौं । कवि योग थुलुङ राईको पहिलो कविता संग्रह ‘काङ्सोरेको पुनर्जन्म’ सार्वजनिक गरिएको छ ।

मण्डला थिएटरमा आयोजित कार्यक्रममा कविहरू श्रवण मुकारुङ, आख्यानकार राजन मुकारुङ, अभिनेता दायहाङ राई, समीक्षक ज्ञानु अधिकारी र महेश पौडेलले पुस्तक सार्वजनिक गरेका हुन् । सामाजिक दुरी कायम राखी गरिएको सार्वजनिकीकरण कार्यक्रममा कवि थुलुङको काव्य प्रवृत्तिमाथि विमर्श गरिएको थियो ।

४६ थान कविता संग्रहीत ‘काङ्सोरेको पुनर्जन्म’को मूल्य २ सय ५० रुपैयाँ रहेको छ । सुनसरीमा जन्मेका थुलुङ हाल अष्ट्रेलिया बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?