+
+

पारा तेक्वान्दो खेलाडीलाई खेल पोशाक

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ८ गते १८:३१

८ पुस, काठमाडौं । राष्ट्रिय पारा तेक्वान्दो खेलाडीलाई विभिन्न संस्था र करातेका पूर्व खेलाडीले  खेल पोशाक प्रदान गरेका छन् । १३ खेलाडी र १ प्रशिक्षकलाई ट्रयाकसुट, ब्याग, जुत्ता, टिसर्टलगायत गरी करिब २ लाख बराबरको सामग्री बुधबार प्रदान गरिएको हो ।

उक्त सामग्री गोदावरी नगरपालिका, वज्र सेक्युरिटी प्रालि, स्तम्भ बहुउद्देश्यीय शहकारी संस्था तथा करातेका पूर्व खेलाडीद्वय विनोद महर्जन र उमेश मल्लले प्रायोजन गरेका हुन् । त्यसका लागि आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका रवी महर्जनले पहल गरेका थिए ।

सामग्री प्राप्त गर्ने खेलाडीमा रामबहादुर अधिकारी, सीता भण्डारी, रोहितहाङ राई, रञ्जना धामी, पलेशा गोवर्द्धन, दीपेश महत, विक्रम श्रेष्ठ, सुवासचन्द्र राई, सिर्जना घिसिङ, विदिता खनाल, विशाल गर्बुजा, पासाङ छिरिङ शेर्पा र लोकराज शाही रहेका छन् । प्रशिक्षकमा कविराज नेगी लामा छन् ।

उनहीहरुलाई नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेत, विभागका सचिव एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणालगायतले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सामग्री प्रदान गरे ।

उक्त अवसरमा प्रमुख बस्नेतले तेक्वान्दो खेलाडीले ओलम्पिकमा जुनसुकै पदक जितेपनि ५ लाख नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए । ‘अबको ओलम्पिकमा तेक्वान्दो खेलाडीले जुनसकै पदक हासिल गरेपनि विभागले खेलाडीलाई ५ लाख नगदसहित सम्मान गर्छ । स्वर्ण नै जिते पुरस्कार राशी बृद्धिका लागि अझ सोच्छौं,’ प्रमुख बस्नेतले भने ।

सचिव महर्जनले नेपाललाई अन्तर्राष्ट्रिय सफलता दिलाउन तेक्वान्दो खेलको महत्वपूर्ण भूमिका रहँदै आएको धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?