
१२ पुस, झापा । झापाको गौरादह नगरपालिका–७ मा ग्रिनेड फेला परेको छ ।
माओवादी सशस्त्र द्वन्द्वका वेला राखिएको हुनसक्ने आशंका गरिएको ग्रिनेड शनिबार अपराह्न ४ बजेतिर १५ वर्षीय गरिमा भुजेलले फेला पारेकी थिइन् ।
टिकको बगानमा गाइवस्तु चराउन जाने क्रममा धमिराले खनेको दुलोमा ग्रिनेड फेला पारेपछि उनले स्थानीय ४० वर्षीय हिमा पौडेललाई खबर गरिन् ।
उनले प्रहरीलाई खबर गरेपछि अस्थायी प्रहरी चोकी, जुरोपानीबाट एकजना प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली गएको थियो । र, ग्रिनेड भेटिएको स्थानलाई सुरक्षित राखेको थियो ।
त्यसपछि नेपाली सेनाको चारआलीस्थित गणबाट टोली बोलाएर डिस्पोज गराइएको झापा प्रहरीका डीएसपी राकेश थापाले अनलाइनखबरलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4