+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कर्णाली सरकारले सशस्त्र द्वन्द्वका घाइतेको निःशुल्क उपचार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १७:०१

१२ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । प्रदेश सरकारले निःशुल्क उपचार गर्न कर्णालीका दुई र संघीय राजधानी काठमाडौंका दुईवटा अस्पतालसँग सहकार्य गरेको छ ।

चारवटा अस्पतालबाट सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गरिने छ । यसका लागि एक करोड ५० लाख रुपैयाँ सम्बन्धित अस्पताललाई अख्तियारी दिइएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए ।

मन्त्री भण्डारीका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २५/२५ लाख, चिकित्सा विज्ञान राष्ट्रिय वीर अस्पताल काठमाडौं र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५०/५० लाख रुपैयाँको अख्तियारी दिएको छ । यी चारवटा अस्पताल मार्फत नै द्वन्द्वका घाइतेहरुको निःशुल्क उपचार गरिने छ ।

द्वन्द्वपीडित घाइते अपाङ्गता उपचार राहत खर्च कार्यविधि, २०७७ को परिधिभित्र रहेर खर्च गर्ने गरी सम्बन्धित अस्पताललाई आर्थिक अख्तियारी दिइएको मन्त्री भण्डारीले बताए ।

प्रदेशभित्रका स्थायी नागरिकले मात्रै उपचार सुविधा पाउने मन्त्री भण्डारी बताउँछन् । ‘निःशुल्क उपचारका लागि सम्वन्धीत व्यक्तिहरुले विवरण खुल्ने कागजात पेस गर्नुपर्ने हुन्छ,’ मन्त्री भण्डारीले भने, ‘बिरामी अस्पताल बस्नुपरे उपचारको अवधिसम्म गाँसबास खर्च अस्पतालले कोषमार्फत नै व्यहोर्ने गरी खर्चिनुपर्ने कार्यविधिमा व्यवस्था गरेका छौं ।’

अस्पताल भर्ना हुँदाका बखत कुरुवा बस्नेहरुका लागि पनि भत्ता र यातायात सुविधाको व्यवस्था गरेको छ । ‘बिरामीको कुरुवालाई १२ सयका दरले आवास र खाजा खर्चवापतको रकम उपलब्ध गराउनुपर्ने छ,’ कार्यविधिमा उल्लेख छ ।

२०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म राज्य र तत्कालिन बिद्रोही नेकपा (माओवादी)बीच भएको सशस्त्र द्वन्द्व र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा घाइते तथा अपाङ्गता भएका व्यक्ति र उनका परिवार लाभान्विन हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?