Comments Add Comment

दाँत खिइने समस्या र उपचार

मुखमा सात सय किसिमका व्याक्टेरिया हुने गर्छ, जसको संख्या करौडोको हाराहारीमा हुने गर्छ  ।  यही व्याक्टेरियाले दाँत तथा मुखको समस्याबाट बचाँउने गर्छ । यदी मुख, दात तथा जिब्रोको सफाई सही तरीकाले नभएको अवस्थामा उक्त व्याक्टेरियाले दात तथा गिजालाई हानी पु¥याउने गर्दछ ।

विशेषगरी, पायरिया भएमा त्यसले दातलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुने गर्छ । पाइरिया भएमा दाँतको गिजा पहेलो तथा खराब हुन थाल्छ र त्यसबाट खुन निस्कन थाल्छ ।

त्यसबाहेक, कलेजोको खराबीका कारण पनि रगतमा लम्लियपन बढ्न थाल्छ । दुषित रक्त अम्लियपनाका कारण दात पायरियाबा टप्रभावित हुने गर्छ ।

त्यस्तै,  पान, सुपारी लगायतका सुर्तीजन्य पदार्थका कारण पनि पायरिया हुन गर्छ ।

सामान्यतथा पायरिया कैल्सियमको कमी, गिजाको खराबी तथा दात तथा मुखको खराबीका कारण हुने गर्छ ।

पायरियाका लक्षण

पायरिया भएमा सासबाट दुर्गन्ध आउन थाल्छ । गिजा सुुनिन थाल्छ । दात कजोर भई हल्लिन थाल्छ । बढी तातो तथा चिसो पेय पदार्थको सेवनले दात सिरिङ्ग हुन थाल्छ । छुँदा समेत गिजा सुनिन थाल्छ । साथै दुई दाँतको बीच ग्याप रहन थाल्छ ।

पायरियाबाट बच्ने उपाय

खाना पछि दैनिक दुई पटक ब्रस गर्न जरुरी छ । ब्रस गर्दा दाँतको राम्ररी सफाई गर्नु पर्छ । दाँत सफा गर्दा नरम ब्रसको प्रयोग गरौ । राती सुत्नु अगावै दातको राम्ररी सफाई गर्नु पर्छ । हरेक पटक खाना खाएपछि राम्ररी मुख कुला गर्नुपर्छ ।

अन्यथा समयमै उपचार नगरेको खण्डमा पायरिका कारण दाँत तथा गिजामा संक्रमण भई दाँत झर्न थाल्छ

दाँत सफा, बलियो राख्नका लागि नियमित ब्रस गर्ने, जाँच गर्ने गर्नुपर्छ । खाना खाएपछि मुख कुल्ला गर्नुपर्छ ।

१. दाँत स्वस्थ राख्नुहोस्

राम्रो चम्किलो र स्वस्थ दाँत हाम्रो अनुहारको सुन्दरतामा थप निखार ल्याउन मद्दत गर्छ । तर दाँतको सहि तरिकाले हेरचाह नगर्दा दाँतमा विभिन्न प्रकारको रोग लाग्न सक्छ । पहेँलो दाँत हुनु, साँस गन्हाउनु, गिँजाको समस्या, क्याभिटि, पाइरिया, पेरियोडाइटिस, जिंजिवाइटिस आदि बिरामी हुन सक्छ ।

२.दिनमा दुइपटक ब्रश गर्नुहोस्

दाँतलाई सुरक्षित राख्नको लागि नियमित रुपमा सरसफाइ गर्नुपर्छ । खाना खाइसकेपछी दिनमा दुइपटक ब्रश गर्नुपर्छ । टुथब्रश सानो खालको प्रयोग गर्नुपर्छ । ताकि दाँतको कुना कुनामा सजिलैसँग पुगोस् ।

३.सफ्ट डिंग्सबाट बच्नुहोस्

विभिन्न प्रकारको सफ्ट डिं«ककोे प्रयोगले पनि दाँतलाई हानि पु¥याउन सक्छ । त्यसैले यस्ता प्रकारको पेयपर्दाथबाट टाढै बस्नुपर्छ । किनकि यस्ता डिंग्समा अम्लिय पर्दाथ हुन्छ ,जसले दाँतको इनामेलमा भएको खनिजलाई घुलाइदिन्छ र दाँत कमजोर हुन थाल्छ ।

४. गुलियो खानेकुरा बाट बच्नुहोस्

गुलियो खानेकुरा दाँतलाई मात्र नभई स्वास्थ्यको लागि पनि हानिकारक हुन्छ । त्यसैले यसको सेवन कम गर्नुपर्छ । दाँतको माथिल्लो तहमा भएको जीवाणुले गुलियोलाई अम्लमा परिर्वतन गरिदिन्छ त्यसैले गुलियो भएको खानेकुराको प्रयोग सिमित मात्रामा गर्नुपर्छ ।

५.फलफुलको सेवन गर्नुहोस्

फलफूलको सेवनले हाम्रो शरिरमा ऊर्जा मिल्छ । रोग लाग्न बाट बच्न सकिन्छ । कुनै फल यस्तो पनि हुन्छ जसको सेवनले दाँतलाई क्याभिटि बाट बचाउँन सकिन्छ । स्याउ, गाजर आदिको नियमित सेवनले दाँतलाई फाइदा हुन्छ ।

६.पर्याप्त पानी पिउनुहोस्

पानीले हाम्रो शरिरमा भएको बिषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । साथै हाम्रो पाचन प्रक्रिया राम्रो बनाउँछ । यसको साथै दाँतलाई सेतो र चमकदार बनाइ राख्न पनि सहयोग गर्छ । त्यसैले दिनमा ८ देखि १० गिलास पानी पिउनु पर्छ ।

७.दाँतले अरु काम नगर्नुहोस्

यदि दाँतले बोतलको बिर्को खोल्ने , सुपारि फुटाउने , जस्ता काम गर्नुहुदैन् । यस्ता काम गर्दा दाँतको क्याप निस्किने या टुट्ने हुन सक्छ ।

८.नियमित जाँच गराउनुहोस्

दाँतमा कुनै समस्या नआए पनि नियमित रुपमा चेकअप गर्नपर्छ । यदि कुनै समस्या जस्तै(दाँत दुख्ने ,गीजाबाट रगत आउने आदि भएमा दाँतको चिकित्सकलाई देखाउनुपर्छ । समस्या नभए पनि ६-६ महिनामा जाँच गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment