+
+

जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच पार्टी एकता

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १७ गते १७:५६

१७ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरुले एकता घोषणा गरेका हुन् । पार्टी एकताले उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई शक्ति प्रदान गर्ने बताएका छन् ।

कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताए ।

जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले देशमा जुन राजनीतिक प्रणाली आएपनि पछि पारिएका समुदायले शासनमा आफ्नो अनुभुति पाउन नसकेका कारण विकल्पमा जसपा चाहिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?