+
+

इजरायलमा दुई सातामै १० लाखभन्दा धेरैले लगाए कोरोनाविरुद्धको खोप

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते १३:३२

१९ पुस, काठमाडौं । इजरायलले १० लाखभन्दा धेरै जनसंख्याले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाइसकेको बताएको छ । यो संख्या इजरायलको जनसंख्याको १० प्रतिशतभन्दा धेरै हो । यससँगै इजरायल सबैभन्दा तीव्र गतिमा कोरोना खोप कार्यक्रमअघि बढाउने मुलुक बनेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो क्षण निकै उत्साहजनक भएको बताएका बताएका छन् । ९३ लाखको जनसंख्या रहेको इजरायलले ५५ लाख मानिसलाई कोरोना खोप लगाउने लक्ष्य राखेको छ । गत बिहीबारमात्र इजरायलमा एक लाख ५३ हजारभन्दा धेरै मानिसले कोरोना खोप लगाएका थिए ।

इजरायलका स्वास्थ्यमन्त्री युली येडेल्टेइनले ६० वर्षभन्दा माथिका ४० प्रतिशतभन्दा धेरैले फाइजर र बायोएनटेकले मिलेर विकास गरेको कोरोना खोप लगाइसकेको बताएका छन् ।

पछिल्लो समय इजरायलमा कोरोना संक्रमण सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्धको बाबजुद बढिरहेको छ । इजरायलको स्वास्थ्य मन्त्रालयले संक्रमणलाई ध्यानमा राख्दै प्रतिबन्धको नियम बढाइन सक्ने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?