+
+

लागूऔषधसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते १५:२९

१९ पुस, काठमाडौं । मोरङको विरटानगरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहागरपालिका-२ बरगाछीका ३२ वर्षीय अमित लिम्बु र सोही ठाउँ बस्ने २७ वर्षीय हेमराज बस्नेत रहेका छन् ।

उनीहरुको साथबाट नाइट्रोभेट १० लेखिएको २४ ट्याब्लेट र स्पास्मो प्रोक्सिभन ८ चक्की फेला परेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा २ च ६१११ नम्बरको सेतो कार चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद भएको उनले बताए । प्रहरीले उनीहरु सवार कारबाट मोबिलको गिलेनमा डाइलेक्स डिसी जस्तो देखिने तरल पदार्थ १ ग्यालिन बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?