+

टोटनहम लिगकपको फाइनलमा

२०७७ पुष  २२ गते ११:०९ २०७७ पुष २२ गते ११:०९
टोटनहम लिगकपको फाइनलमा

२२ पुस, काठमाडौं । टोटनहम हट्सपर लिग कप (इएफएल कप) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै टोटनहमले फाइनलमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनहमले दुवै हाफमा एक/ एक गोल गरेको थियो । खेलको १२औं मिनेटमा माउसा सिकोले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । ७०औं मिनेटमा हेउन मिन सनले दोस्रो गोल गरे ।

टोटनहमले अब फाइनलमा दुई म्यानचेष्टर क्लबबीचको विजेतासँग खेल्नेछ । म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटीबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।

फाइनल खेल अप्रिल २५ मा वेम्लीमा हुनेछ ।

टोटमहम लिगकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय