+

साविक विजेता बार्यन म्युनिख जर्मन कपबाट बाहिरियो

२०७७ माघ  १ गते ११:४३ २०७७ माघ १ गते ११:४३
साविक विजेता बार्यन म्युनिख जर्मन कपबाट बाहिरियो

१ माघ, काठमाडौं । डीएफबी पोकल (जर्मन कप)को साविक विजेता बार्यन म्युनिख दोस्रो चरणबाटै बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब होल्स्टिन किएलसँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित हुँदै बार्यन बाहिरिएको हो ।

निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टी सुटआउटमा बार्यनका रोबर्ट लेवान्डोस्की, जोसुवा किमिच, थोमस मुलर, डेभिड अलवा र डुगलस कोस्टाले गोल गरे । तर, मार्क रोकाले गोल गर्न सकेनन् ।

किएलका लागि पेनाल्टी प्रहार गरेका सबै ६ खेलाडीले गोल गरे ।

बार्यनले खेलको १४औं मिनेटमा सर्ज नाब्रीको गोलबाट अग्रता बनाएको थियो । खेलको ३७औं मिनेटमा किएलका फिन बार्टेल्सले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ४८ औं मिनेटमा लरी सानेले गोल गर्दै बार्यनलाई २-१ को अग्रता दिलाए ।

तर, खेलको ९० औं मिनेटमा किएलका हउके वालले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

निर्धारित समयको खेल बराबरी भएपछि थप गरिएको ३० मिनेटमा दुवै टोलीबाट गोल हुन सकेन ।

बार्यन म्युनिख
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय