+
+

चीनबाट अवैधरुपमा भित्र्याइएका मदिरा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १२ गते १९:२७

१२ माघ, सुर्खेत । चीनबाट अवैधरुपमा भित्र्याइएका मदिरा हुम्ला प्रहरीले बरामद गरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–४, खार्पुबाट प्रहरीले ठूलो परिमाणमा चीनबाट अवैधरुपमा भित्र्याएका मदिरा बरामद गरेको हो ।

खार्पुनाथ–५, मुचुबाट सोही गाउँपालिकाको लाँलीतर्फ लैजाँदै गरेको एक सय १० पेटी मदिरा बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरि वाग्लेले जानकारी दिए । प्रवक्ता वाग्लेका अनुसार उक्त मदिरा अवैधरुपमा व्यापारिक परियोजनका लागि ल्याइएको थियो ।
झिनिगोटी नामक उक्त मदिरा केही समय पहिला हुम्ला ल्याइएर लुकाइएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

‘अवैधरुपमा चीनबाट ल्याइएको ठूलो परिमाणको मदिरा बरमद गरिएको छ,’ प्रवक्ता वाग्लेले भने, ‘मदिरा पहिल्य नै ल्याइएर गोदाममा राखिएको रहेछ । गोदामबाट अहिले व्यापारिक प्रयोजनका लागि लैजाँदै गर्दा बरामद भएको हो ।’

लालीका ३८ वर्षीय धिरेन्द्र शाहीले १९ वटा खच्चरमा ढुवानी गरेरे लैजाँदै गरेको अवस्थामा मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?