Comments Add Comment

टोटनहमलाई हराउँदै लिभरपुल चौथो स्थानमा उक्लियो

१६ माघ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साविक विजेता लिभरपुलले टोटनहमलाई पराजित गरेको छ । जितपछि लिभरपुल एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लेको छ ।

लिभरपुलका लागि रोवर्टो फिरमिनो, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड र साडियो मानेले गोल गरे । टोटनहमका लागि पिएरे एमिली होजवर्गले एक गोल फर्काए ।

घरेलु मैदानमा टोटनहमले तेस्रो मिनेटमै गोल गरे पनि त्यसले मान्यता पाएन । हेन मिनल सनले गोल गरेपछि भिएआर रेफ्रीले त्यसलाई अफसाइड घोषणा गरिदियो ।

पहिलो हाफको इन्जुरी टाइममा फिर्मिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ४७औं मिनेटमा आर्नोल्डले गोल गरी लिभरपुको अग्रता दोब्बर पारे । ४९औं मिनेटमा टोटनहमका होजवर्गले गोल गर्दै गोलअन्तर कम पार्ने प्रयास गरे ।

तर ६५औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुलले ३-१ ले अग्रता बनायो र त्यसलाई कायम राख्दै जित हात पार्‍यो । ५६औं मिनेटमा लिभरपुलका मोहम्मद सालाहले गोल गरे पनि भिएआरले त्यसलाई मान्यता दिएन ।

जितपछि २० खेलबाट ३७ अंक जोड्दै लिभरपुल चौथो स्थानमा उक्लिएको हो । समान खेलबाट ३५ अंक रहेको वेष्टह्याम पाँचौ स्थानमा झरेको छ । यस्तै ३३ अंकसहित टोटनहम छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment