+
+

जुनियर प्रिमियर टेनिस फागुन २ देखि

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ३० गते १६:२८

३० माघ, काठमाडौं । टेनिस टिम नेपालको आयोजनामा जुनियर प्रिमियर टेनिस प्रतियोगिता फागुन २ गतेदेखि हुने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता ललितपुरको धापाखेलस्थित टेनिस टिम नेपालकै टेनिस कोर्टमा सञ्चालन हुने जानकारी दिइयो ।

फागुन ७ सम्म सञ्चालन हुने प्रतियोगितामा यू-८,यू-९,यू-१०, यू-१२, यू-१४ र यू-१६ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । यू-९ को उमेर समूहमा ब्वाइज, गर्ल्स, सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुनेछ । बाँकी उमेर समूहमा ब्वाइज र गर्ल्सको सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै यू-८ देखि यू-१६ मा सहभागीहरुको खुल्ला डबल्स प्रतिस्पर्धा समेत हुनेछ । प्रतियोगितामा १ सय २९ जना खेलाडीले सहभागिता जनाउने र नाम दर्ता भइसकेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि १ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?