+
+

सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीशहरु, बुझाए लिखित जवाफ

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ फागुन ३ गते ११:४९

३ फागुन, काठमाडौं । अदालतको अवहेलनाको मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् ।

पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर आज लिखित जवाफ बुझाएका हुन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

यस्तै अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न पनि आदेश दिइएको थियो ।

अदालतको आदेशबारे जानकारी गराउन सर्वोच्च अदालतले तामेलदार खटाएको थियो । तर अहिलेसम्म तामेलदार कतै पनि पुगेका छैनन् ।

तामेलदार नआएपछि चार पूर्वप्रधानन्यायाधीश आफैं अदालतमा उपस्थित भएर म्याद बुझेका हुन् । म्याद बुझेलगत्तै लिखित जवाफ पनि पेश गरेका हुन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?