+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
49/1 (6.6)
Shares

गुल्मीमा करिब २८ सय जनाले लगाए कोरोनाविरुद्धको खोप

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ५ गते १२:२७

५ फागुन, गुल्मी । गुल्मीमा झण्डै २ हजार ८ सय जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

पहिलो र दोस्रो चरणमा गरी हालसम्म २ हजार ७ सय ९७ जनाले कोरोनाविरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

पहिलो चरणको खोप १४ माघदेखि र दोस्रो चरणको खोप २ फागुनदेखि सुरु गरिएको थियो । पहिलो चरणमा १ हजार ७ सय ४५ र दोस्रो चरणमा हालसम्म १ हजार ५२ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको आचार्यले बताए ।

दोस्रो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम जिल्लामा फागुन ८ गतेसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?