+
+

गुल्मीमा ससुराका हत्या आरोपित ४२ वर्षीया महिला सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते २०:१९

१० फागुन, गुल्मी । आफ्नै ससुराको हत्या आरोपमा पक्राउ परेकी बुहारीलाई गुल्मी प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

ससुराको हत्या आरोपमा पक्राउ परेकी रुरुक्षेत्र गाउँपालिका–३ की ४२ वर्षीया मनकला ज्ञवालीलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

फागुन ८ गते ८७ वर्षीय नन्दकुमार ज्ञवाली ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए ।
घटना रहस्यमय देखिएपछि फागुन ९ गते उनकी बुहारी मनकलालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए ।

सोही दिन राति करिब ९ः४५ बजेको समयमा नन्दकुमारको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । हत्या गर्नुको कारण भने प्रहरीले खुलाएको छैन् । उनलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान थालिएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?