+
+

‘इरानले ६० प्रतिशत शुद्धीकरणसहितको युरेनियम संवर्द्धन गर्न सक्छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते १५:५०

११ फागुन, काठमाडौं । इरानका सर्वोच्च नेता अलि होसेन खामिनीले आवश्यक परेको अवस्थामा इरानले ६० प्रतिशतसम्म शुद्ध युरेनियम संवर्द्धन गर्न सक्ने बताएका छन् । सन् २०१५ मा भएको आणविक सम्झौताको विषयमा पश्चिमा मुलुकसँग अहिले तनाव चलिरहेको अवस्थामा खामिनीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

खामिनीले आवश्यकता परेको अवस्थामा इरान २० प्रतिशत शुद्ध युरेनियम संवर्द्धनमा नरोकिने बताएका हुन् । यद्यपि इरानले आणविक हतियार भने नबनाउने खामिनीले दाबी गरे । खामिनीका अनुसार पश्चिमा मुलुक र इजरायललाई पनि यो कुरा थाहा भए पनि उनीहरु इरानलाई धम्की देखाएर मनाउने दिशामा अघि बढिरहेको बताए ।

खामिनीले यसअघि नै इरान न्युक्लियर हतियार विकास गर्ने निर्णयमा पुगिसकेको भए कसैले पनि रोक्न नसक्ने दाबी गरे । अहिले अमेरिका, युरोप र इरानबीच न्युक्लियर सम्झौतामा कसरी फर्किने भन्नेबारे छलफल चलिरहेको अवस्थामा खामिनीको यस्तो भनाइ सार्वजनिक भएको हो । सन् २०१५ को सम्झौतामा इरानलाई ३.६७ प्रतिशत शुद्ध युरेनियम संवर्धनको अनुमति दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?