+
+

संसद पुनर्स्थापनाको फैसला स्वीकार गर्छौं : आनन्द पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते १८:४६

११ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता आनन्द पोखरेलले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर जाने बताएका छन् । बागमती प्रदेश अध्यक्ष पोखरेलले शक्ति पृथकीकरणलाई आत्मसाथ गरेर जाने पार्टी भएकाले अदालतको फैसला स्वीकार गर्ने बताए ।

‘स्वभाविक रुपमा हामी अदालतको फैसला स्वीकार गर्छौं । हामीले नै बनाएको संविधान र त्यसबाट बनेको सर्वोच्च अदालतको निर्णय स्वाभाविक रुपमा स्वीकार गर्ने कुरा हो’, पोखरेलले भने ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला बनाएको छ । संविधानमै नभएको अधिकार प्रयोग गरी गएको पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?