१९ फागुन, काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल छिन् ।
आज बिहान सवा ५ बजे बाटो पार गर्दै गरेकी किशोरीलाई स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो । उनको उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपसहित चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4