+
+

फैसलापछि ऋषि कट्टेलको प्रतिक्रिया : ओली र प्रचण्ड आए स्वागत गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १७:३३

२३ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतको फैसलाले आफ्नो जित भएको प्रतिक्रिया दिएका छन् ।

दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले दिएको रिटमा सर्वाेच्चले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला दिएपछि उनले सो प्रतिक्रिया दिएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल लगायतका नेताहरुले गल्ती महसुस गरेर पार्टीमा आएमा स्वागत गर्ने तर उनीहरुसँग पार्टी एकता भने कुनै पनि हालतमा नगर्ने बताए ।

‘नहुने कुरा गदै नगर्नुस् म उनीहरुको पार्टीमा जाने वा एकता गर्ने कुरा नै छैन । हामी उनीहरुलाई प्रतिक्रियावादमा पतन भए भनेर निष्कर्ष निकालेका छौं, उनले भने, ‘अब प्रचण्डहरु हाम्रो पार्टीमा आउँछन् भने अब नयाँ पार्टी सदस्यताको फारम भरेर आउनुपर्छ । हाम्रो दृष्टिकोणमा उनीहरु कम्युनिष्ट नै होइनन् । उनीहरु कम्युनिष्ट होइनन्, उनीहरु गल्ती रुपान्तरण गरेर आउनुपर्छ ।’

उनले सर्वाेच्चको फैसलापछि एमाले र माओवादी पुरानै ठाउँमा फर्कने समेत बताए । उनले भने, ‘राष्ट्रिय सभामा निर्वाचित भएका केही सांसद र उप निर्वाचनमा चुनिएकाको हालत के हुने हो त्यो थाहा छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?