+
+

सत्तारुढ दलले संसदलाई गतिशील बनाउन चाहेकाे छैन : बालकृष्ण खाँड

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १८:५७

२ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा नरहेको आरोप लगाएका छन् ।

सोमबार संसदको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक खाँडले सत्ता पक्ष संसदलाई गतिशील र प्रभावकारी ढंगले अगाडि बढाउने पक्षमा नरहेको आरोप लगाएका हुन् । मंगलबार संसदको बैठक बस्ने भएपनि सरकारले हालसम्म कुनैपनि ‘बिजनेस’ नदिएको उनको भनाइ छ ।

सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रुपमा अगाडि बढाउनुपर्ने भएपनि ती अध्यादेशलाई अगाडि बढाउने सम्बन्धमा पनि सरकार गम्भीर नभएको खाँडले बताए ।

‘सत्तापक्ष सदनलाई गतिशील गराएर प्रभावकारी रुपमा अगाडि बढाउने मानसिकतामा आजको मितिसम्म छैन । उहाँहरुले विगतमा पनि बजेट सेसनमा अस्वभाविक रुपमै अन्त्य गर्नुभयो र हिउँदे अधिवेशन बोलाउने बेलामा सदन नै विघटन गर्नुभयो,’ उनले भने, ‘अहिले न्यायपालिकाले संसद पुनस्र्थापना गरिसकेपछि पनि सरकार सदनलाई गम्भीरतापूर्वक सम्बोधन गरेर अगाडि बढाउने मानसिकतामा देखिदैंन । किनकी उहाँहरुले सत्तापक्षले अहिलेसम्म कुनैपनि बिजनेस नै दिएको छैन । भोलिको सदनको कार्यसूचीका लागि सरकारले कुनै प्रस्ताव पेस गरेको छैन ।’

खाँडले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलको शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरुचि नदेखाएको बताए ।

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?