+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो एकैदिन नेपालगञ्जका चार स्थानमा क्यूआरकोड सेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ४ गते १९:४२

४ चैत, काठमाडौं । माछापुच्छ्रे बैंकले बाँकेको नेपालगञ्जका चार स्थानमा क्यूआरकोड सेवा सञ्चालनमा ल्याएको छ । बाँकेलाई स्मार्ट बनाउ सिटी बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जका चार स्थानमा क्यूआरकोड सेवा सुरु गरेको हो ।

सनराईज यातायात, हङकङ बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति, कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालनमा रहेका तरकारी तथा फलफुल पसलहरुमा बैंकले क्यूआरकोड सेवा सञ्चालनमा ल्याएको हो  ।

बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्दप्रसाद नागिलाले क्यूआरकोड सेवाको सुरुवात गरेका हुन् ।

क्यूआर ड सेवा सुरु भएसँगै नेपालगञ्जबाट दाङ, धनगढी, बर्दिया रुटमा चल्ने सनराइज यातायातमा यात्रा गर्ने यात्रुले आफूले तिर्नुपर्ने गाडी भाडा क्यूआरकोड प्रयोग गरी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

यसैगरी नेपालगञ्जकै न्यूरोडमा रहेको हङकङ बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारबाट खरिद गरेका दैनिक उपभोग्य बस्तुको भुक्तानी पनि उपभोक्ताहरुले क्यूआरकोडमार्फत भुक्तानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?