+
+

नेपाल समूहको भेलालाई गम्भीरतापूर्वक लिएका छौं : ईश्वर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ४ गते २०:३३

४ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले पार्टीको निर्देशन विपरीत भएको राष्ट्रिय भेलालाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरीत बुधबार वरिष्ठ नेता माधव नेपाल समुहको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिवले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बुधबार साँझ न्युज एजेन्सी नेपालसंग कुराकानी गर्दै महासचिव पोखरेलले पार्टी अध्यक्ष र महासचिवको निर्देशन विपरीत भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताए ।

पार्टी अध्यक्षले धुम्बाराहीमा नेताहरुलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरुलाई ७ गतेको बैठकमा राख्न अनुरोध गर्नुको साथै चियापानमा सहभागी हुन गरेको आग्रहलाई नमानेर माधव नेपाल समूहले राम्रो नगरेको प्रतिक्रिया दिए ।

‘अहिले जुन किसिमको भेला भयो । त्यो निर्देशनको बाबजुद पनि भेला भएको छ । आज र भोलि आयोजना भएको यो कार्यक्रमको बारेमा गम्भीरताका साथमा नोट गरिन्छ’ पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?