+
+

एक सातामा जानवीको ‘रुही’ले कमायो १७ करोड

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १४:१७

बलिउड चलचित्र विस्तारै हलमा दर्शक तान्न सक्रिय देखिएका छन् । महंगो बजेटमा बनेका स्टार कलाकारका चलचित्र अझै रिलिज भएका छन् । यसैले पनि बक्स अफिसमा दर्शकको चाप उच्च देखिएको छैन ।

एक साता अगाडि रिलिज भएको चलचित्र ‘रुही’ले बक्स अफिसमा औषत व्यापार गरेको छ । यो चलचित्रले एक सातामा १६.४१ करोडको कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रले बिहिबार ३.०६ करोड, शुक्रबार २.२५ करोड, शनिबार ३.४२ करोड, आइतबार ३.८५ करोड, सोमबार १.३५ करोड, मंगलबार १.२६ करोड र बुधबार १.२२ करोडको व्यापार गरेको छ ।

भारतको महाराष्ट्रमा कोभिडको केस बढेपछि अकुपेन्सी ५० प्रतिशतमा झारिएको छ । कोभिडपछि रिलिज भएको यो चलचित्रले औषत व्यापार गरेपनि बलिउडका ट्रेडहरुले यसलाई सुखद मानेका छन् । हरर जनरामा बनेको यो चलचित्रमा जानवी कपुर, राजकुमार राव, बरुण शर्मा लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?