+
+

मोहन्याल गाउँपालिका अध्यक्ष रावलको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते ११:२५

१७ चैत, डोटी । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ ।

आइतबार बिहान घरमै कुर्सीमा बसेका बेला एकाएक बेहोस भई ढलेका अध्यक्ष रावललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो ।

कोहलपुरमा उपचार सम्भव नभएपछि उनलाइ थप उपचारका लागि सोमबार दिउँसो काठमाडौं लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रशाद शर्माले जानकारी दिए ।

अध्यक्ष रावलको मंगलबार बिहान उपचारकै क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । रावल उच्च रक्तचापबाट पीडित रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

रावलको शव गृहजिल्ला ल्याउने तयारी भइरहेको समेत शर्माले जानकारी दिए ।

रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?